काठमाडौ । प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत लिने काम पूरा भएपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने पक्का भएको छ । ओली प्रधानमन्त्री बनेपनि काङ्ग्रेस र एमालेबाट को को मन्त्री बन्ने? कुनकुन मन्त्रालय पाउने भन्ने कुराले भने दुवै दलका नेतालाई टाउको दुखाई भएको बुझिएको छ ।
काङ्ग्रेसमा मन्त्री बन्ने आकाक्षी बढी भएको र सभापति शेरबहादुर देउवालाई शेखर ग्रुपलाई पनि मनाउनु पर्ने हुदा मन्त्री छान्न गारो भएको बुझिएको थियो ।
यही टाउको दुखाईकाबीच हिजो बिहीवार महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले मन्त्री नबन्ने घोषणा गरेपछि भने देउवालाई मन्त्री छान्न केही सजिलो हुने बुझिएको छ ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् ।
त्यसैगरी अर्का महामन्त्री शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने भावी सरकारमा नजाने बताएका हुन् ।
यसरी मन्त्रीका आकाक्षी पदाधिकारी दुवैले मन्त्रीमा दावी छोडेपछि सभापति देउवालाई मन्त्री छान्न केही सजिलो हुने बुझिएको छ ।