बारा। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लामा बस दुर्घटना हुंदा ७ जना घाईते भएका छन् ।
आज बिहीवार दिउँसो जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।