काठमाडौ । नेकपा एमालेले समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदीय दलको बैठकमा एमालेलाई दोषारोपण गर्दै ब्रिफिङ गरेका छन् ।
सिंहदरबारमा आज बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा ब्रिफिङ गर्ने क्रममा उनले एमाले अध्यक्ष केपी ओलीले आफुसँगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने भन्दै ढाँटछल गरेको र कांग्रेससंग गठबन्धन गरेको बताएका छन्।
प्रचण्डले आफुले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सबै दलहरुलाई साथमा लिने बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्दै अन्य दलहरुसँग पनि विश्वासको मतका लागि अपिल गर्ने निर्णय भएको पाण्डेले बताए।
उनले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जिकिर गरे।