काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले २ वटा केन्द्रीय विभागका सचिव मनोनित गरेको छ ।
बैठकले केन्द्रीय सहकारी विभागमा यसअघिका सचिव केबी उप्रेतीलाई हटाएर विभागकै सदस्य परितोष पौडेललाई मनोनीत गरेको छ ।
त्यसैगरी केन्द्रीय भूमि व्यवस्था विभागको सचिवमा चितवनका विजय सुवेदीलाई मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।