ताप्लेजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प

Telecom

काठमाडौ । ताप्लेजुङ जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार गएराति १:४६ बजे  ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको स्थानीयले बताएका छन् ।

भूकम्पविद् डा. अधिकारीका अनुसार   ‘यो पराकम्प होइन, भूकम्प नै हो’,तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’

adb bank long