झण्डै २६ बर्षपछि २ ठुलादल मिलेर सरकार बनाउदै, २८ गते नै बुझाउनेगरी दुईतिहाइ सांसदको हस्ताक्षर संकलन

Telecom

काठमाडौ । गत असार १७ गते मध्यरातमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमती भएसंगै तातेको नेपाली राजनीति सेलाउन सकेको छैन । झण्डै २६ बर्षपछि यसरी अंकगणितका हिसाबले दुई ठुला दलले सरकार बनाउन लागेका हुन् । अन्य कुराहरू यथाबत रहेमा यो सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यसका लागि दुईतिहाई सांसद पुर्याउने गरि हस्ताक्षर संकलन समेत भैसकेको बुझिएको छ । तर बिश्वासको मत नपाउने पक्का भईसक्दा पनि प्रधानमन्त्री प्रचण्ड संसद फेस गर्ने रटानमा छन् । यसका लागि पर्सि असार २८ गते समय लिईसकेका छन् ।

यता प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत नपाए संविधानको धारा ७६(२) कि ७६(३) अनुसार सरकार गठन हुन्छ भन्नेमा बहस जारी छ। तर, नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार उपधारा (२) अनुसार नै हुने भन्दै कम्तीमा १७८ सांसदको हस्ताक्षर तयार गरेका छन्।

तर, प्रचण्डले विश्वासको मत पाउने सम्भावना नभएपछि प्रतिनिधि सभाको ठूलो दलको हैसियतले राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सरकार बनाउन सिफारिस गर्नसक्ने अड्कलबाजी भइरहेको बेला कांग्रेस–एमाले भने झण्डै दुई तिहाइ सांसदको हस्ताक्षर नै लिएर  २८ गते नै बहुमतका सरकार गठन दाबी गर्न जाने तयारीमा रहेको बुझिएको छ ।

स्रोतका अनुसार कांग्रेसका ८८, एमालेका ७८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ४, जनता समाजवादी पार्टी (जसपा) नेपालका ५ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसदले हस्ताक्षर गरिसकेका छन्। त्यसबाहेक जनता समाजवादी पार्टी (जसपा)ले पनि कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको छ।

जनमत पार्टीका मुख्यमन्त्री रहेको मधेस सरकार कायम रहेकाले केन्द्रीय सरकारलाई समर्थन गर्ने सो पार्टीका केन्द्रीय सचिव बीपी साहले जानकारी दिएका छन्।

नयाँ गठबन्धनको पक्षमा दुई तिहाइ सांसद उभिने क्रममा रहेको काङ्ग्रेस-एमालेका नेताहरू बताउँछन् । उनीहरू राप्रपाले पनि साथ दिनेमा ढुक्क छन् ।

सरकारलाई समर्थन गर्ने दलको संख्या बढ्ने भएपछि मन्त्रालय भागबण्डा हुन सकेको छैन । यद्यपि, एमालेले १०  र कांग्रेसले ११ वटा राख्ने चर्चा छ। साना पार्टीलाई पनि समेट्दा मन्त्रालय घटबढ  हुन सक्नेमा दुवै दल सचेत छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र भागबण्डा गर्ने रणनीतिमा ठुला दल रहेको बझिएको छ ।

झण्डै १९० सांसदले अब बन्ने सरलारलाई समर्थन गर्ने ठुला दलको आंकलन छ । ‘कांग्रेस र एमालेको १६६ छदैँछ। महन्थ ठाकुर, राप्रपा, सीके राउत, उपेन्द्र यादव समेत गर्दा १९० भन्दा बढी पुग्ने देखिन्छ,’ एमालेका एक  नेताले भने।

साना दल समेटेर दुई तिहाइ पुर्‍याई संविधानमा रहेका जटिलता फुकाउने ओलीको योजना छ। जसमा कांग्रेसले साथ दिएको छ।
एमाले र कांग्रेस दुवैमा पदाधिकारी तहबाट एकजना अनुभवी र अरु नयाँ नेतालाई सरकारमा मौका दिनुपर्ने आवाज उठिरहेको छ।

यता काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्कापनि नयां समिकरणबाट उत्साहित देखिएका छन् ।उनले भने- ‘२०५५ सालपछि दुई ठूला पार्टी सरकारमा बसेर मुलुकको वर्तमान परिस्थितिलाई समाल्ने दिशामा जाँदैछ। त्यसैले कांग्रेस–एमाले नेताले यता र उताको टिप्पणी गर्नु आवश्यक छैन।’

adb bank long