सुनसरी। बिगत केही दिनदेखि परेको अबिरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेसंगै आज बिहान कोशी ब्यारेजका ४१ ढोका खोलिएकोमा अहिले ५६ वटै ढोका खोलिएको छ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार आज कोशी ब्यारेजमा ३ लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको थियो । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको र रातो झण्डा समेत गाडिएको छ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ।