आज पनि देशैभर बर्षाको संभावना, यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने

Telecom

काठमाडौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको मौसमविद्हरूले बताएका छन् । जसको कारण केही दिनदेखि अबिरल वर्षा भईरहेको छ ।

आज आइतबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो भने सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा दिउँसाे भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एकदुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। राति मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र  लुम्बिनी  प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

adb bank long