काभ्रे । शुक्रवार रातीदेखि परेको अबिरल बर्षासंगै काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर दुई जनाको ज्यान गएको छ ।
काभ्रे प्रहरीका अनुसार शनिवार साँझ ७ बजेको समयमा उक्त खोला तर्ने क्रममा सोही ठाउँकी ६५ वर्षीय जालमाया रुचाल मगर र अन्दाजी ५ वर्षकी सोतिमाया रुचाल मगरको ज्यान गएको हो ।
उनीहरूको शव ९ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्र डुबानमा पर्न थालेका छन् । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न नदीमा पानीको सतह बढेको छ । प्रशासनले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।