प्रचण्डले असार २८ गते बिश्वासको मत लिने !

काठमाडौ । गत सोमवार मध्यरातमा काङ्ग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमती गरेसंगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  आगामी असार २८ गते विश्वासको मत लिने भएका छन् ।

उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन आग्रह गरेका हुन् ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । सोही सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

संविधानत सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

adb bank long