काठमाडौ । सहुलियत दरमा बेचेको भन्दै आईरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयो नुनको भाउ बढाएको छ ।
यसअघि २० रूपैयामा पाईने नुनलाई मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले २६ रूपैया बनाएको छ । एकैपटक प्रतिकिलो छ रूपैया बढाएको हो ।
बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने साल्ट ट्रेडिङद्वारा निकालिएको बिज्ञप्तिमा जनाईएको छ ।त्यसैगरी भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।
साल्ट ट्रेडडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए । सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।
हेर्नुहोस् विज्ञप्ति