एमाले सचिवालय बैठक : प्रचण्डलाई राजीनामा दिन भोलिसम्मको अल्टिमेटम

Telecom

काठमाडौ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर भोलिसम्म राष्ट्रीय सरकार बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले एमालेको नेतृत्वमा बन्ने सरकारका सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

 

बैठकले एमाले र कांग्रेस बिच नयाँ सरकार निर्माणका लागि भएको सहमतिलाई अनुमोदन गरेर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनिरहदा माओवादी केन्द्रको बैठकले भने राजीनामा नदिने बरू बिश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

माओवादी स्रोतका अनुसार प्रचण्डले भोलि एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेर १ महिना भित्र केही नयां चलखेल गर्ने नत्र बिश्वासको मत सामना गर्ने गरि छलफल चलाएको बुझिएको ।

 

 

 

adb bank long