काठमाडौ । सोमवार मध्य रातमा नेकपा एमाले र नेपाली काङ्ग्रेसले नयाँ सरकार बनाउने सहमती गरेसंगै नेपाली राजनीति तरंगित भएको छ ।
यसै सन्दर्भमा भर्खरै मात्र सचिवालय बैठक बोलाएर नयां बन्ने गठबन्धनमा सहभागी नहुने निर्णय गरेको रास्वपाका सभापति एबं गृहमन्त्री रवि लामिछाने केहीबेर अगाडी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
सत्तारुढ मुख्य घटक नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्यको यात्रा सुरु गर्ने भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री लामिछाने बालुवाटार पुगेको बुझिएको छ ।
लामिछानेले कसलाई जोगाउन रातारात सरकार परिवर्तन भयो सबैलाई थाहा छ भनेर अभिब्यक्ती समेत दिंदै आईरहेका छन् । लामिछानेको बुझाईमा आफुले ठुला फाईल खोलेकै कारण सत्ता परिवर्तन गरेर आफुलाई हटाउन खोजेको बताउदै आएका छन् ।