काङ्ग्रेस-एमालेको बलियो सरकार बन्दै, एमालेका मन्त्रीहरूले सामुहिक राजीनामा दिने तयारी !

Telecom

काठमाडौ ।  गत शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको बालकोटमा भएको भेटले मुर्त रूप लिने लगभग पक्का भएको छ । योसंगै आज मंगलवार नेकपा एमालेका मन्त्रीहरूले सामुहिक राजिनामा दिने तयारी गरेको बुझिएको छ ।

यसपछि अन्य परिस्थिति आईनपरेमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको झण्डेै दुईतिहाईको बलियो सरकार बन्ने भएको छ ।

सतहमा सामान्य राजनीतिक भेटघाट भनेपनि यो लामो समयको दोस्रो तहका नेताहरूको पटकपटकको छलफल र सहमती पश्चात्   सिर्ष नेताहरूको भेटघाट र सहमती भएको बुझिएको छ ।

स्रोतका अनुसार  पहिला सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । त्यसपछि काङ्ग्रेसले सरकारको नेतृत्व गर्ने बुझिएको छ ।

एमालेका मन्त्रीहरूको राजीनामा पश्चात् सहमती सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार समानुपातिक प्रदेशमा हटाउने, संघमा घटाउने, स्थानीय तह घटाएर वडाको संख्या बढाउने, उपराष्ट्रपतिले नै राष्ट्रियसभाको अध्यक्षता गर्ने, निर्वाचन क्षेत्र बढाउने, संवैधानिक निकाय घटाउने र परराष्ट्र नीति बलियो बनाएर जाने विषयमा छलफल भएको बुझिएको छ ।

योसंगै अर्थ मन्त्रालय एमालेले लिने र गृह नेपाली कांग्रेसले राख्ने समेतको सहमती भएको छ । यसैगरी  प्रदेश सरकारको नेतृत्वमा  सम्बन्धमा एमालेले (कोशी, लुम्बिनी र कर्णाली) कांग्रेसले (बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशको नेतृत्व गर्ने र मधेष प्रदेश, मधेषी दललाई दिने सहमती भएको बुझिएको छ ।

त्यस्तै पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने सहमती भएको पनि जनाईएको छ ।

adb bank long