काठमाडौ। रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नम्बर ३ मा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
१५ जना यात्रु बोकेको लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका–३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिपमा सवार १५ जना यात्रुहरुमध्ये ७ जनाको मृत्यु भएको हो। ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकसहित ८ जना घाइते छन्।