कांग्रेस नेता जितेन्द्र देव एमाले प्रवेश !

Telecom

काठमाडौं । यता काङ्ग्रेससंग सत्ता समिकरणको कुरा भईरहदा  नेपाली कांग्रेसका नेता जितेन्द्र देव भने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देव लगायतका नेताहरू एमाले प्रवेश गर्नुभएको हो । संविधान सभा सदस्य, पूर्वपर्यटन मन्त्री एवं राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहनु भएका देवलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले एमालेमा स्वागत गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरूको सहभागिता रहेको थियो । उहाँहरूले देव लगायत पार्टी प्रवेश गर्ने नेताहरूलाई खादा र टीका लगाएर स्वागत गर्नुभयो ।

एमालेबाट राजनीति सुरु गर्नुभएका देव एमाले पोलिटब्युरो सदस्यसम्म हुनुभएको थियो । बिचमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै उहाँ नेपाली कांग्रेसमा पुग्नुभएको थियो । देवले आत्मालोचना गर्दै पुरानै पार्टीमा फर्किएको बताउनुभयो ।

देवसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह लगायतका नेताहरू पनि एमाले प्रवेश गर्नुभएको छ ।

adb bank long