काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ सिटे जनमत र ४ सिटे नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सम्मिलित गराएर मन्त्रीपरिषद् हेरफेरको तयारी गरिरहेको बेला नाउपा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरीलाई संसदीय दलको नेताबाटै हटाईएको छ ।
आईतवार बसेको नाउपाको संसदीय दलको सचिवालय बैठकले रञ्जितालाई हटाउने निर्णय गरेको हो ।
नाउपाको संसदीय दलको सचिवालयमा रञ्जिता श्रेष्ठ चौधरी, गंगाराम चौधरी डगौंरा, अरूण कुमार चौधरी र लालविर चौधरी रहेका छन् ।
यी मध्ये रञ्जिता बाहेक तिनै जनाले निर्णय गरि उनलाई संसदीय दलको नेताबाट हटाएका हुन् ।
रञ्जितालाई हटाएसंगै नाउपाको संसदीय दलको नेतामा गंगाराम चौधरी डगौंरा र प्रमुख सचेतकमा लालविर चौधरीलाई ल्याउने निर्णय समेत भएको छ ।
रेशम चौधरी दम्पत्तिको मनमुटाबसंगै नाउपामा गुट सिर्जना भएको हो यसअघीको सत्ता गठबन्धनमा रेशम चौधरी जेलमा भएको बेला रञ्जिता भूमी सुधार मन्त्री बनेकी थिईन् ।
अहिले सरकारमा सम्मिलित भएसंगै पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनेगरी प्रचण्डसंग सहमती गरेकी रञ्जितालाई योसंगै अब थप जटिलता थपिएको छ ।