काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । ओली ९ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भेटवार्ता भएसंगै सत्ता समीकरणमा नयां तरंग पैदा भएको छ ।
ओलीलाई भेटेसंगै अहिले काङ्ग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठकमा एमालेसंगको सहकार्यको बिषयमा छलफल हुने काङ्ग्रेस निकट स्रोतले जनाएको छ ।
यो संगै सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।
यसरी एकपछि अर्को भेेेटघाट बाक्लिए पनि कुनै नेताले मुख खोलेर सरकार परिवर्तनको बिषयमा भने बोलेका छेैनन् ।