यी प्रदेशमा हुँदैछ आज भारी बर्षा

Telecom

काठमाडौ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । देशभर आंशिकदेखि साधारणतया बदली भईरहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज आइतबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (मुसलधारे) वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरमुनि वर्षा हुनुलाई हल्का, यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि तर सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।

adb bank long