भारतले उचाल्यो दोस्रोपटक टी-२० विश्वकपको उपाधि

Telecom

काठमाडौ । वेस्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपको फाईनल खेलमा दक्षिण अफ्रिकालाई हराएसंगै भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ । यश भन्दा अगाडी सन् २००७ मा भारतीय क्रिकेट टोलीले उपाधि हात पारेको थियो ।

वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै सत्र बर्षपछि पुन: टी–२० विश्वकप उपाधि जितेको हो।

उपाधिसँगै भारतले अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली को कीर्तिमान समेत बनाएको छ । यो विश्वकपका सबै खेल भारतले जितेको थियो ।

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१०२०२२ को उपाधि इङ्ल्याण्डले उचालेको छ। सन् २०१२२०१६ को उपाधि वेष्ट इण्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुईदुई तथा र अक्षर पटेलले एकएक विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का हानेर ४७ रन बनाए। शिवम् दुबेले १६ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे।

adb bank long