एसइईक नतिजा नेपाल टेलिकमबाट यसरी हेर्न सकिने

Telecom

काठमाडौ । भर्खरै सार्वजनिक भएको एसइई परीक्षाको नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सेवा उपलब्ध गराएको छ।
परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत हेर्न सकिने भएको छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।

प्रोटोन एजुकेसन
adb bank long