सामान्य प्रशासन मन्त्रालयले गर्यो कर्मचारीको सरूवामा रोक

Telecom

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको हो ।

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने असार ६ गते नेपाल सरकार सचिवस्तरीय बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाही समेत प्रभावित हुँदै आएको भन्दै आलोचना भएपछि मन्त्रालयले मापदण्ड बनाउन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।

adb bank long