निलम्बित मुख्यसचिवलाई व्यवस्थापन गर्न बिशेष पदको सिर्जना !

Telecom

काठमाडाै। अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेसंगै स्वत निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई ब्याबस्थापन गर्न सरकारले राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेको छ।

आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उक्त बिशेष पद भने अर्यालको अवधिभर कायम रहने र त्यसपछि स्वत खारेज हुने शर्माले कानकारी दिईन् ।

अर्याल निलम्वनमा परेपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ।

यस्तै बैठकले चालू आर्थिक वर्ष २०८०-८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम स्थानीय तहमा पठाउने निर्णय गरेको उनले बताइन्। चालू आर्थिक बर्षमा विनियोजन भएको ८७ अर्ब ३५ करोड २९ लाख मध्ये त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख हस्तान्तरण गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

प्रोटोन एजुकेसन
adb bank long