काठमाडौं । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशनले सूर्य बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । जसको उपाध्यक्षमा यदुकुमार राना मगर र राजेश गजुरेल निर्वाचित हुनुभएको छ ।
यसै गरी सचिवमा विसोस श्रेष्ठ र उपसचिवमा कृष्ण थापा तथा बिराज राना चुनिनु भएको छ । कोषाध्यक्षमा विशाल श्रेष्ठ चुनिनु भएको महासंघका कोषाध्यक्ष एवं प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पार्टी जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्णबहादुर थापा, महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय महासचिव धरमबहादुर लामा, केन्द्रीय सचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज तीर्थबहादुर खड्का, कोषाध्यक्ष उज्वल सुवेदी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।