राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच मुठभेड, सेनाको गोलीबाट १ तस्करको ज्यान गयो

Telecom

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा बन्यजन्तु चोरी शिकारी गर्ने तस्कर र गस्तीमा रहेका सेनाबीच भुठभेड हुँदा एक जनाको ज्यान गएको छ ।

गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर एक जनाको ज्यान गएको हो । ज्यान जानेको नाम भने खुलिसकेको छैन ।

सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ । सेनाले गोली चलाएपछि अन्य फरार भएका छन् । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ।

‘घटना भएको हो, अहिले अरू विवरण आउन बाँकी छ । हामी त्यसैमा लागिरहेका छौं’, उनले भने ।

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरू समूह बनाएर बस्ने गरेका छन् । वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ । गस्तीमा रहेको सेना र तस्कर समूहबीच जम्काभेट हुने गरेको छ ।

adb bank long