जीबी राईलाई लोकेट गरेका छौँ, नेपाल ल्याउने कोसिस गरिरहेका छौँ : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको मलेसियाको लोकेशन पत्ता लागिसकेको बताएका छन् ।

आज श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका गृहमन्त्रीले पत्रकारसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

‘हामीले जीबी राईलाई लोकेट गरेका छौँ । ऊ कहाँ छ भन्ने हामीलाई थाहा छ । मलेसियाका गृहमन्त्रीजीले कन्फर्म गर्नुभएको छ लोकेशन,’ उनले भने,’नेपाल ल्याउन हामीले कोसिस गरिरहेका छौँ । सबैभन्दा बढी हुटहुटी मलाई छ ।’

गृहमन्त्री लामिछानेले सुपुर्दगी सन्धि नभएकाले मलेसियाबाट नेपाल ल्याउन कूटनीतिक पहल गर्न समस्या भइरहेको बताए ।  ‘यो अनुसन्धानको विषयमा हामीले निरन्तर रूपमा काम गरेर धेरै नजिक आइपुगेका छौँ । योबीचमा मेरो दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ,’ उनले भने, ‘आजभन्दा तीन-चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएकाले कूटनीतिक पहलमा समस्या भएको छ । तपाईंहरूले नतिजा पाउनुहुन्छ ।’

राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि मुछिएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long