प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सांसदका प्रश्नको जवाफ दिने

Telecom

काठमाडौं । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा सांसदहरूले वर्णानुक्रम अनुसार प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्। त्यसैगरी आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जबाफ दिने कार्यसूची पनि छ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले दिनेछन्।

प्रोटोन एजुकेसन
adb bank long