काठमाडौ । हाल नेपालमा मनसुनी प्रणाली, स्थानीय वायु, पश्चिमी वायु तथा विहार आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदहरूले बताएका छन्।
जसको प्रभाव स्वरूप आज बुधवार कोशी, मधेश, बाग्मती र गण्डकीगरी चार प्रदेशमा पानी पर्ने जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बुधवार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जसमध्ये देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले कोशी र मधेस प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।