समस्याग्रस्त २० सहकारीको हिसाबकिताब झिकाईयो, ५ लाखसम्मको बचत सरकारले फिर्ता दिनेगरी छलफल

काठमाडौ।  गत जेठ १५ गते सहकारीको बचत रकम हिनामिना छानबिन गर्न बनेको  संसदीय छानबिन विशेष समितिले सहकारी मन्त्रालय, सहकारी बोर्ड लगायत सम्बन्धी निकायसंग छलफल गरेको छ।

संसद भवन नयां बानेश्वरमा आज मंगलबार बसेको छानबिन समिति बैठकले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका बिषयमा सरोकारवाला निकायसंग छलफल गरेको बुझिएको छ ।

आजको बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा छलफल भएको र उक्त संस्थाका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको  छानबिन समिति संयोजक सुर्य थापाले जानकारी दिएका छन् ।

यी बाहेक बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागका तर्फबाट जानकारी लिइएको पनि थापाले बताएका छन्।

बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने उनले बताए।

त्यसैगरी बजेटमार्फत पाँच लाखसम्मको बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्थाका विषयमा सहकारीमन्त्रीसँग छलफल भएको थापाको भनाइ छ।

 

प्रोटोन एजुकेसन
adb bank long