काठमाडौ। काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ।
काठमाडौं महानगरले कवाड हटाउन निर्देशन दिएसंगै अटेर गरेका ब्याबसायीले बिगत केही दिनदेखि आन्दोलन गर्दै आईरहेका छन्।
आन्दोलनकै कार्यक्रम स्वरूप आज डोजर आतंक बन्द गर भन्दै काठमाडौं प्लाजा कमलादी स्थीत महानगरपालीका घेराउ गर्न खोज्दा प्रहरीले रोकेको थियो।
सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो। महानगरपालिका घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए।
त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो। झडपका कारण केहि प्रदर्शनकारी घाइते भएका छन्। कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध र्यालीसहित प्रदर्शन गरिएको थियो।