एमाले गुल्मीले बुझायो सीडीओलाई ज्ञापनपत्र

Telecom

गुल्मी । नेकपा एमाले गुल्मीले पछिल्लो समय जिल्ला प्रशासन कार्यालय लगायत अन्य सरकारी कार्यालयबाट सेवा प्रवाहमा भईरहेको ढिलासुस्ती र लापरबाही भएको भन्दै आज आइतवार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापन पत्र बुझाएको छ।

नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा सहजरूपमा जेष्ठ नागरिकले राष्ट्रीय परिचय पत्र नपाई रहेको अबस्थामा कतिपय सेवा प्रवाहमा अनिवार्य नगर्न र सबैलाई सहजरूपमा उपलब्ध गराउन अनुरोध समेत गरिएको छ ।

त्यसैगरी अब बर्षातको समय आएको साथै यो बर्ष अत्याधिक बर्षाहुने भनेर मौसम विभागले भन्दा पनि कुनै तयारी नगरेको कुरामा ध्यान दिन अनुरोध गरिएको छ । जिल्लाको बिकाश र योजनाको ढिलासुस्तीले जनतामा चरम निराशा उत्पन्न भएको कुरा पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै बिकास निर्माणका काममा समन्वयकारी भुमिका निर्बाहगरी जनता आसा जगाउने गरि काम गर्नपनि भनिएको छ । जिल्लाका अन्य सरकारी कार्यालयबाट सेवा प्रवाहमा भएको ढिलासुस्ती, विकासे योजनाको फितलो अनुगमन, एउटै कामका लागि नागरिकलाई पटकपटकदिने सास्ती र राजनीतिक पूर्वाग्रह राखेर योजना दिइने जस्ता प्रवृत्ति बढेकामा अनुगमन नियमन तथा नागरिक मैत्री सेवातर्फ लैजान अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जंग नेपाली , जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, जिल्ला सचिव धर्म विश्वकर्मा, युवा नेता राजेन्द्र अर्याल लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

adb bank long