समाजवादीमा रोकिएन पहिरो : प्रदेश कमिटी सचिवालय सदस्य सहित आधा दर्जन बढी एमालेमा प्रवेश

Telecom

गुल्मी । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एकपछि अर्को गर्दै पार्टी छोड्ने क्रम जारी छ ।

यसै सन्दर्भमा नेकपा एमालेको गुल्मी जिल्ला अधिवेशनको समापन समारोहमा समाजवादीका केन्द्रीय परिषद सदस्य देखि लुम्बिनी प्रदेश सचिवालय सदस्य सम्मका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

गत शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित अधिवेशन समापन समारोहमा समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्य चन्द्र सुनार (धुर्कोट) , केन्द्रीय परिषद् सदस्य एवम् लुम्बिनी प्रदेश सदस्य निर्मला पोखरेल राउत(रेसुङ्गा),  जिल्ला कमिटी सचिवालय सदस्यद्वय लक्ष्मण सुनार (धुर्कोट) र जीत बहादुर बिक (धुर्कोट) जिल्ला कमिटीका सदस्य रेशम पाण्डे एमालेमा प्रवेश गरेका हुन् ।

उनिहरूलाई एमालेका केन्द्रीय सचिव गोकर्ण बिष्ट, गुल्मी इन्चार्ज एबं पोलुटब्युरो सदस्य सुर्य थापा, नव निर्वाचित अध्यक्ष बालसिंह काउछा लगायतले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

अधिवेशनकेै सिलसिलामा उद्घाटन सत्रको कार्यक्रममा धुर्कोट गाउपालिका वडा नम्बर २ निबासी तरुण दल गुल्मीका नेता कमल जि.सी. र राष्ट्रिय जनमोर्चाका छत्रकोट गाउँपालिका कमिटीका अध्यक्ष पशुपति न्यौपाने एमालेमा प्रवेश गरेका थिए ।

adb bank long