काठमाडौ । नेकपा एमालेले जेठ मसान्त भित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेपनि ११ जिल्ला कमिटी तोकिएको समयभित्र आफ्नो अधिवेशन गर्न असफल भएका छन्।
जेठ ३२ गते गुल्मीको अधिवेशन सम्पन्न भएसंगै ६६ जिल्लामा अधिवेशन सम्पन्न भएको एमालेले जानकारी दिएको छ ।
अब कोशी प्रदेशका ३ जिल्ला (इलाम तेह्रथुम र मनाङ) मधेश प्रदेशका ३ जिल्ला (सिरहा , सप्तरी र धनुषा) गण्डकी प्रदेशको मनाङ , कर्णाली प्रदेशको डोल्पा, सुदूरपश्चिम प्रदेशका ३ जिल्ला (अछाम, डोटी र बझाङ) मा अधिवेशन हुन बांकी छ ।
गत बर्षको कात्तिक २२ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति चार महिना बढाएर २०८१ जेठ मसान्तसम्मको समयसीमा निर्धारण गरेको थियो । तर यस अवधीमा ११ जिल्ला असफल बनेका हुन् । एमालेले गत बर्षको फागुन महिनादेखि जिल्ला अधिवेशन सुरु गरेको थियो ।
तोकिएको समयमा अधिवेशन गर्न असक्षम जिल्ला कमिटीलाई असारभित्र अनिवार्य सम्पन्न गर्न निर्देशन दिइएको छ । एमालेका ७७ भौगोलिक र ४ विशेष जिल्ला कमिटी गरी ८१ वटा जिल्ला कमिटी रहेका छन् ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन पनि हुन सकेको छैन ।