पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर-८’ मा

Telecom

काठमाडौ । वेष्ट इण्डिजमा जारी आईसीसी टी-२० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान सुपर-८ मा प्रवेश गरेको छ।

शुक्रबार बिहान भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर-८ मा पुगेको हो।

अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर १ सय १  रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

जितसँगै अफगानिस्तान समूह ‘सी’बाट सुपर-८ मा  पुगेको हो। यसअघि सो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ।

समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन्।

adb bank long