गुल्मी । गुल्मी जिल्लाको १२ औँ अधिवेशनले ०५३ सालको एसएलसी ब्याचका २ दोस्तीको जिल्ला कमिटीमा भेट गराएको छ।
झट्ट हेर्दा दाजुभाई जस्ता देखिने हालको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ४ का हेम थापा र छत्रकोट गाउँपालिकाका रामप्रसाद पाण्डे ०५३ सालमा १० कक्षामा पढ्नका लागि छत्रकोट गाउँपालिकामा रहेको श्रृङ्गा जनमा माविमा आएका थिए ।
जनता मावि त्यतिबेलाको आकर्षणको केन्द्र थियो । झण्डै ७० को हाराहारीमा रहेका साथीहरूबीचमा थापा र पाण्डेको अनौठो दोस्ती रहेको दुवै जना सम्झिन्छन् ।
एसएलसी पछि थापाले पाल्पा र पाण्डेले बुटवल पढ्ने भएसंगै दुवै दोस्तीको सम्बन्ध छुटेको थियो । सानैदेखि कम्युनिष्ट बिचारले प्रेरित थापा र पाण्डे क्याम्पस पढ्दा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका थिए । थापा त त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको ०५७ सालको स्वबियु निर्वाचनमा उपसभापतिको उमेद्वार समेत भएका थिए । भलै उनले जित हासिल गर्न सकेनन् ।
यसैगरी दिनहरू बित्दै जादा थापा बुटवलमा झरी विभिन्न ब्याबसाय संलाचन गर्दै विभिन्न संघसंस्थाको नेतृत्व गर्दै हाल गुल्मी- रूपन्देही सम्पर्क मंचको अध्यक्ष समेत छन् ।
यता पाण्डे पनि विभिन्न राजनीतिक संगसंगठनमा आबद्ध हुँदै हाल छत्रकोट गाउँपालिकाको जन निर्वाचित अध्यक्ष छन् ।
१२ औँ अधिवेशनले जिल्लामा भेट गराएका थापा र पाण्डे भर्खरै सम्पन्न अधिवेशनबाट जिल्ला कमिटीमा निर्विरोध निर्वाचित भईसकेका छन् ।
अधिवेशन १ दिन लम्बिएसंगै चिया गफमा भेट भएका थापा र पाण्डेले स्कुल पढ्दाको एक अबिस्मरणिय क्षण यसरी सम्झन्छन्।
स्कुलबाट बादल किन्न भनि झण्डै ७ किलोमिटर पर रहेको राजा भन्ने ठाँउमा हिडेका रहेछन् । तर उनीहरूको दोस्ती र उत्सुकताले गर्दा उनीहरू हिड्दै सदरमुकाम तम्घास पुगी फिल्म हेरीवरी भोलिपल्ट पुन: हिड्दै बादल नकिनी घर फर्केछन् ।
योसंगैे दुई पुराना दोस्तीले अबको जिल्ला कमिटीलाई थप उचाईमा पुर्याउनेगरी काम गर्ने बाचाका साथ अगाडी बढेका छन् । यी २ युवाले अबको कमिटीमा कस्तो भुमीका निर्वाह गर्छन त्यो भने हेर्न बांकी नै छ ।