एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछाको प्यानल नै बिजयी

Telecom

गुल्मी । नेकपा एमाले गुल्मी जिल्ला अधिवेशनको तेस्रो दिन नयाँ नेतृत्वको लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ । प्राप्त मत मरिणाम अनुसार पदाधिकारीमा पूर्व अध्यक्ष बालसिंह काउछाको प्यानल नै विजयी भएको छ ।

प्राप्त मत परिणाम अनुसार अध्यक्ष बालसिंह काउछाले ३८४ मत प्राप्त गरि विजयी हुँदा अर्का प्रत्यासी हिरा एसीले २०२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा ३४८ म प्राप्तगरी जीवन खरेल विजयी भएका छन् । उनका प्रतिद्वन्दी गणेश श्रीपालीले २१२ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा धर्म विश्वकर्माले ३७१ मत प्राप्तगरी विजयी हुँदा सचिवका अर्का प्रत्यासी पदम अर्यालले १९० मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसचिव खुलामा चक्रबन्धु भुसालले ३४८ मत प्राप्त गरि विजयी हुदा उनका प्रतिद्वन्दी ओम अर्यालले २१६ मत पाएका थिए ।

उपसचिव महिलामा भने लक्ष्मी पन्थको मात्र उमेद्वारी परेकाले निर्वाचन भएन।

जिल्लाभरीबाट ६१३ प्रतिनिधि उपस्थित भएको अधिवेशन २९ र ३० गते सकिने भनेपनि नेतृत्व चयनमा सर्वसम्मतीको प्रयासले गर्दा थप एकदिन लम्बिएको थियो ।

यो अधिवेशनमा ५९५ मतदाताले मतदान गरी आगामी ३ वर्षका लागि ५ जना पदाधिकारी सहित १०५ जनाको जिल्ला कमिटी चुनेका छन्।
१०५ जनामध्ये ७६ जना निर्विरोध भएका थिए भने २७ पदका लागि निर्वाचन भएको थियो ।

गुल्मी जिल्ला नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टको गृहजिल्ला भएका कारण पनि अलिबढी चासोका रूपमा यो अधिवेशनलाई लिईएको थियो ।

लोकतान्त्रिक अभ्यास भएपनि झट्ट हेर्दा यो निर्वाचनमा प्रदीप ज्ञवालीको संस्थापन पक्ष (बालसिंह) र गोकर्ण बिष्टको संस्थापन इतर समुह(हीरा)बीच प्रतिष्पर्धा भएको बुझिएको छ ।

पदाधिकारी बाहेकका सदस्यमा कलस्टर विभाजन गर्दा भुगोलतर्फ १० पालिकालाई ३ जना पुरूष र २ जना महिला गरि ५ जना र २ नगरपालिकालाई ४ पुरूष र २ महिला गरि ६ जना नयां बन्ने जिल्ला कमिटीमा  आएका छन् ।

त्यसैगरी युवा कलस्टरवाट १० पुरूष र ५ महिला गरि १५ जना जिल्ला कमिटी प्रवेश गरेका छन् ।

आदिवासी जनजाती तर्फ ६ पुरूष र ३ महिला गरि ९ जनालाई छुट्याईएको छ । दलित कलस्टरमा पनि ६ पुरूष र ३ महिला गरि ९ जना छन् ।

यस्तै अपाङ्ग/अल्पसंख्यक/ मुस्लिम कलस्टरमा २ जना छन् भने मजदुरबाट १ जनाले जिल्ला कमिटीमा प्रवेश पाउदै छन् ।

पदाधिकारी बाहेकको मतगणना जारी छ । केहीबेरमा मतपरिणाम सार्वजनिक हुने बुझिएको छ।

adb bank long