एमाले गुल्मीको नेतृत्वमा सहमती जुट्दै !

गुल्मी । नेकपा एमाले गुल्मीको जिल्ला अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको सहमती जुट्ने भएको छ ।

जिल्लाका २ शिर्ष नेताहरू एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट र आकाक्षी पदाधिकारी उमेद्वार सहित बसेको छलफलले पदाधिकारीहरूको टुङ्गो लगाउने भएको छ ।

स्रोतका अनुसार अध्यक्षमा पुन: बालसिंह काउछा आउने बुझिएको छ । यसैगरी अर्का अध्यक्षका उमेद्वार हिरा एसीलाई उपाध्यक्ष बनाउ ने बुझिएको छ । सचिवमा पुन : गणेश श्रीपाली नै दोहोरि भएको छ ।

यसैगरी उपसचिवमा धर्म बिश्वकर्मा दोहोरिने र महिला उपसचिवमा नयां अनुहार लक्ष्मी पन्थ आउने बुझिए पनि बुझिए पनि निर्वाचन मण्डलले प्रकृया पूरा गरेपछि मात्र आधिकारीक घोषणा हुने बुझिएको हो ।

मंगलवार देखि सुरू भएको अधिबेशन दुई दिनसम्म चल्ने भनिएपनि नेतृत्वमा टकराव भएसंगै थप एकदिन लम्बिएको हो ।

यो संगै ५ पदाधिकारी सहित १०५ सदस्यीय नयाँ कमिटी बन्ने भएको छ । निर्वाचन मण्डलले प्रकृया पूरा गरेसंगैनयाँ कमिटीको घोषणा हुनेछ ।

पदाधिकारी बाहेकका सदस्यमा कलस्टर विभाजन गर्दा भुगोलतर्फ १० पालिकालाई ३ जना पुरूष र २ जना महिला गरि ५ जना र २ नगरपालिकालाई ४ पुरूष र २ महिला गरि ६ जना नयां बन्ने जिल्ला कमिटीमा आउने छन् ।

त्यसैगरी युवा कलस्टरवाट १० पुरूष र ५ महिला गरि १५ जना जिल्ला कमिटी प्रवेश गर्ने छन् ।

आदिवासी जनजाती तर्फ ६ पुरूष र ३ महिला गरि ९ जनालाई छुट्याईएको छ । दलित कलस्टरमा पनि ६ पुरूष र ३ महिला गरि ९ जना छन् ।

यस्तै अपाङ्ग/अल्पसंख्यक/ मुस्लिम कलस्टरमा २ जना छन् भने मजदुरबाट १ जनाले जिल्ला कमिटीमा प्रवेश पाउदै छन् ।

यसरी पदाधिकारीमा सहमती भएसंगै अब अन्य कलस्टरमा पनि सहमती अनुसार अगाडी बढ्ने बुझिएको छ ।

प्रोटोन एजुकेसन
adb bank long