एमाले गुल्मी अधिवेशन अपडेट : चुनावी माहौलले तात्यो सदमुकाम तम्घास

गुल्मी । नेकपा एमाले गुल्मीको जिल्ला अधिवेशन मंगलवारदेखि सदरमुकाम तम्घासमा सुरु भएको छ । बुधवार बन्दसत्रले राजनीतिक र सांगठनिक प्रतिवेदन पास गरेसंगै नयां नेतृत्व चयनका लागि चुनाबी कार्यक्रमले सदरमुकाम तम्घास बजार तातेको छ ।

अहिले ५ पदाधिकारी सहित १०५ सदस्यीय कमिटीका विभिन्न पदमा उमेद्वारी दर्ता भईरहेको छ । तेस्रोपटक निर्वाचन मण्डलले समय थपगरी प्रकाशित सूचना अनुसार ६ बजेसम्म उमेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।  बेलुका ७ बजे प्रारम्भिक नामावली प्रकाशन हुने छ ।

स्रोतका अनुसार पालिकास्तरमा कलस्टर छुट्यएकोमा हाल ४ वटा पालिकामा सर्वसम्मत भएको छ । जसमा मालिका, सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँपालिकारहेका छन् ।

प्राप्त सूचना अनुसार अहिलेसम्म अध्यक्षमा २, उपाध्यक्षमा २, सचिवमा ४ र उपसचिव खुलामा ५ जनाको उमेद्वारी परेको छ भने उपसचिव महिलामा लक्ष्मी पन्तको मात्र उमेद्वारी परेको बुझिएको छ ।

बन्दसत्रको अध्यक्ष मण्डलमा नेकपा एमाले पोलिटब्युरो सदस्य एबं गुल्मी इन्चार्ज सुर्य थापा, लुम्बिनी प्रदेशका गृहमन्त्री एबं एमाले केन्द्रीय सदस्य दिनेश पन्थी, जंग नेपाली र गणेश खनाल, एमाले सल्लाहकार परिषद सदस्य कमल श्रेष्ठ, निलकण्ठ गौतम, युवा नेता एबं प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, लुम्बिनी प्रदेश उपसचिव लिला राना र लुम्बिनी प्रदेश सदस्य ललिता गौतम रहेका छन् ।

यसैगरी निर्वाचन मण्डलमा संयोजक गोपाल खनाल, बल बहादुर कुंवर, विशाल न्यौपाने, राम प्रसाद खनाल, र पुर्णलाला श्रेष्ठ रहेका छन् ।

६ सय १३ प्रतिनिधिलाई प्रदेश संगठन विभागले प्रमाणित गरेसंगै चुनावी माहौल अगाडी बढेको हो ।

अहिले उमेद्वारी दर्ता संगसंगै विभिन्न होटल तथा खुला ठाउमा बसेर कलस्टरमा सहमती गर्ने प्रयास भईरहेको छ ।

कलस्टर विभाजन गर्दा भुगोलतर्फ १० पालिकालाई ३ जना पुरूष र २ जना महिला गरि ५ जना र २ नगरपालिकालाई ४ पुरूष र २ महिला गरि ६ जना नयां बन्ने जिल्ला कमिटीमा आउने छन् ।

त्यसैगरी युवा कलस्टरवाट १० पुरूष र ५ महिला गरि १५ जना जिल्ला कमिटी प्रवेश गर्ने छन् ।

आदिवासी जनजाती तर्फ ६ पुरूष र ३ महिला गरि ९ जनालाई छुट्याईएको छ । दलित कलस्टरमा पनि ६ पुरूष र ३ महिला गरि ९ जना छन् ।

यस्तै अपाङ्ग/अल्पसंख्यक/ मुस्लिम कलस्टरमा २ जना छन् भने मजदुरबाट १ जनाले जिल्ला कमिटीमा प्रवेश पाउदै छन् ।

adb bank long