गुल्मी । नेकपा एमाले गुल्मीको जिल्ला अधिवेशन मंगलवारदेखि सदरमुकाम तम्घासमा सुरु भएको छ ।
मंगलवार उद्घाटन भएको अधिवेसनको उद्घाटन सकिएसंगै मंगलवार बेलुका नै बन्दसत्र सुरू भएको थियो। बेलुका सुरू भएको बन्दसत्रमा विभिन्न प्रतिवेदन पेस भएका थिए । अहिले तिनै प्रतिवेदन माथी छलफल गर्ने कार्यक्रम चलिरहेको छ ।
प्रतिवेदन पास भएसंगै निर्वाचनका प्रकृया अगाडी बढाइने बुझिएको छ।
बन्दसत्रको अध्यक्ष मण्डलमा नेकपा एमाले पोलिटब्युरो सदस्य एबं गुल्मी इन्चार्ज सुर्य थापा, लुम्बिनी प्रदेशका गृहमन्त्री एबं एमाले केन्द्रीय सदस्य दिनेश पन्थी, जंग नेपाली र गणेश खनाल, एमाले सल्लाहकार परिषद सदस्य कमल श्रेष्ठ, निलकण्ठ गौतम, युवा नेता एबं प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, लुम्बिनी प्रदेश उपसचिव लिला राना र लुम्बिनी प्रदेश सदस्य ललिता गौतम रहेका छन् ।
यसैगरी निर्वाचन मण्डलमा संयोजक गोपाल खनाल, बल बहादुर कुंवर, विशाल न्यौपाने, राम प्रसाद खनाल, र पुर्णलाला श्रेष्ठ रहेका छन् ।
७ सय ५४ जना भुगोलबाट र २४ जना मनोनित गरि जम्मा ७७८ जना प्रतिनिधि सहभागी अधिवेशनले नयां नेतृत्व चयन गर्नेछ।