एमाले गुल्मीको अधिवेशन सदरमुकाम तम्घासमा सुरू

Telecom

गुल्मी । नेकपा एमाले गुल्मीको जिल्लाको १२ औँ  अधिवेशन सदरमुकाम तम्घासमा सुरू भएको छ ।

गुल्मी जिल्ला नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टको गृहजिल्ला भएकाले पनि यो अधिवेशनलाई अरू जिल्लाको अधिवेशन भन्दा फरक तरिकाले हेरिएको छ ।


अधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमाले सचिव गोकर्ण बिष्ट, एमाले सचिव एबं लुम्बिनी प्रदेश इन्चार्ज पद्य्मा अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, एमाले पोलिटब्युरो सदस्य एबं गुल्मी इन्चार्ज सुर्य थापा, केन्द्रीय सदस्य जंग नेपाली र गणेश खनाल, एमाले केन्द्रीय कमिटी सदस्य एबं लुम्बिनी प्रदेशका गृहमन्त्री दिनेश पन्थी लगायतका नेताहरू उपस्थित छन् ।


आज हुने उद्घाटनको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा आउने कुरा भएपनि प्रतिकुल स्वास्थ्यका कारण ओली आउन नसकेको बुझिएको छ ।

ओलीको अनुपस्थितीमा उपमहासचिव ज्ञवालीले प्रमुख अतिथीको भुमिका निभाएका थिए ।


आज सुरू भएको अधिवेशन भोलि बन्दसत्रको कार्यक्रमसंगै नयां नेतृत्व चयन गरि समापन हुने बुझिएको छ ।

adb bank long