काठमाडौ । आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको छ ।
बंगलादेशलाई हराएसंगै अफ्रिकाले तेस्रो जित हात पारेको हो ।
अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्रै बनायाे ।
जितसँगै समूह ‘डी’ मा रहेको अफ्रिकाले तीन खेलमा तीन जितसहित छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित बंगलादेश भने दई खेलमा एक जित एक पाजयसहित दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ ।
टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए ।
बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए ।