गुल्मी । नेकपा एमाले गुल्मीको भोलिदेखि सुरू हुने १२ औँ अधिवेशनले सदरमुकाम तम्घास यतिबेला तातेको छ ।
लुम्बिनी प्रदेशको अन्तिम जिल्ला अधिवेशन साथै एमालेका उपमहासचिव र सचिवको गृह जिल्ला भएका कारण पनि यहाँको अधिवेशनलाई फरकढंगबाट हेरिएको बुझिएको छ ।
भोलि अधिवेशनको उद्घाटन शत्र हुने भने पर्सि बन्द सत्र हुने छ ।अधिवेशनमा सहभागी हुन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमाले सचिव गोकर्ण बिष्ट, एमाले सचिव एबं लुम्बिनी प्रदेश इन्चार्ज पद्य्मा अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, एमाले पोलिटब्युरो सदस्य एबं गुल्मी इन्चार्ज सुर्य थापा, केन्द्रीय सदस्य जंग नेपाली र गणेश खनाल लगायतका नेताहरू तम्घास आईपुगेका छन् ।
भोलि हुने उद्घाटनको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा आउने कुराले पनि यहाँको माहोल तातेको छ ।
अहिले संभवत् जिल्ला कमिटीको अन्तिम बैठक बसेको छ । स्रोतका अनुसार नेतृत्व सर्बसम्मत गर्ने गरी नेताहरूछलफलमा जुटेको बुझिएको छ ।