गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै, यस्तो छ अंकगणित

Telecom

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री बनेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमवार विश्वासको मत लिने भएका छन्।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डे विश्वासको मत लिनुभन्दा अघी छलफल गर्न भन्दै काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले सोमवार विश्वासको मत लिने निर्णय गरेका हुन्।

सर्बोच्चले ६० सदस्यीय गण्डकीमा बहुमतका लागि ३१ सदस्य आबश्यक पर्नेगरी परमादेश दिएपछि पाण्डेलाई भने हम्मेहम्मे परेको छ ।

पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।
बांकी १ जनाका लागि बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी(नेसपा) का फणिन्द्र देवकोटालाई  मनाउने गरि अगाडी बढेको बुझिएको छ ।

काठमाडौ पुगेर सरसल्लाहसंगै विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेको उनीनिकट स्रोतको बुझाई छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नै पत्र पठाएर सहकार्यको बाटो खोल्न आग्रह गरेका छन् । यता समाजवादी छाडेको घोषणा गरेका राजिव गुरूङ बार्गेनिङका लागि नै स्वतन्त्र बनेको उनी निकट स्रोत बताउछ ।

अब ३१ औं मतका लागि देवकोटालाई मनाउन पाण्डे साथै काङ्ग्रेस कति सफल हुन्छ त्यो भने हेर्न बांकी नै छ ।

adb bank long