काठमाडौ । नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका एकमात्र अर्बपति बिनोद चौधरीले बधाई दिएका छन् ।
आइतवार तेस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपथ समारोहमा छिमेकी देशका राष्ट्र र सरकार प्रमुख समेत सहभागी भएका छन् ।
नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोनेतृत्वमा एक टोली भारत पुगिसकेको छ।
चौधरीलाई पनि शपथ समारोहमा उपस्थित हुन निम्तो आएको थियो । निम्तो आएसंगै चौधरीले ट्विटरमा निम्तो पत्र सार्वजनिक गर्दै प्रधानमन्त्री मोदी र मन्त्रिपरिषदका सदस्यलाई बधाइ ज्ञापन गरेका छन्।
प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै चौधरीले नेपाल र भारतको मित्रताले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्। मोदीको नेतृत्व र समर्पणले भारतीय आर्थिक समुन्नतिलाई आकार दिएको भन्दै चौधरीले प्रशंसा समेत गरेका छन्।