पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री बनेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् ।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डे विश्वासको मत लिनुभन्दा अघी छलफल गर्न भन्दै काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले २८ गते विश्वासको मत लिने निर्णय गरेका हुन् ।
पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।
काठमाडौ पुगेर सरसल्लाहसंगै विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेको उनीनिकट स्रोतको बुझाई छ ।