नुवाकोट । नेपाल एमाले नुवाकोट जिल्लाको अध्यक्षमा बद्री मैनाली पुन दोहोरिएका छन्। पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत २०८१ जेठ २५ गते भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
६ सय १७ मतदाता (प्रतिनिधि) रहेकोमा ५ सय ९२ जनाले मतदान गरेका थिए । मैनालीले ३ सय ४५ मत प्राप्त गरेका थिए । उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले २ सय ३७ र माधवप्रसाद तिवारीले १० मत प्राप्त गरेका थिए ।
प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिव खुलामा राजेन्द्रप्रकाश पाण्डे र उपसचिव समाबेशीमा रुपा सापकोटा निर्वाचित भएका थिए ।
जेठ २३ गते बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी भएका छन् । जसमध्ये २८ जना सर्वसम्मत निर्वाचित भएका थिए।