सहकारी ठगी छानबिन समितिले थाल्यो काम, अब के होला ?

काठमाडौ । नेपाली काङ्ग्रेसको निरन्तरको संसद अबोधपछि सहकारी ठगी प्रकरणको छानबिन गर्न गठिन संसदीय छानबिन समितिले आज बुधबार देखि काम थालेको छ ।

गत जेठ १५ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति गठन गरिएको थियो । बुधबार समितिको सचिवालय तयार भएपछि समितिले काम थालेको हो । अहिले समितिको पहिलो बैठक जारी छ । पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन् । समितिले पहिलो बैठकबाट कार्यविधि बनाएर काम सुरु गर्नेछ ।

समितिको सभापतिमा एमाले सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेकी सरिता भुसाल, कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादी केन्द्रका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान छन् । समितिलाई सहकारीको ठगीमा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गर्ने कार्यदेश दिइएको छ । समितिको कार्यवधि तीन महिना तोकिएको छ ।

समितिले यसरी छानबिन सुरू गरेसंगै आम नागरिकमा अब के होला भनी जिज्ञासा र कौतुहलता सुरू भएको छ ।

adb bank long