काठमाडौ । अमेरिकामा जारी आइसीसी टी- २० विश्वकपमा समूह डीबाट खेलेको नेपाल पहिलो खेलमै नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको छ ।
मंगलवार राती अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जितेर बलिङ रोजेको नेदरल्याण्ड्सलाई नेपालले १०७ रनको लक्ष्य दिएको थियो ।
सन् २०१४ पछि विश्वकपमा फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सुरूवाती चरणबाट नै दबाबमा राखेको नेदरल्याण्डले उक्त लक्ष्य सजिलै भेट्याएको थियो ।
नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरे।
डाउड ५४ र बास डे लिड ११ रनमा अविजित रहे। म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड आउट भए।
तेस्रो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र सेब्रट एंगेलब्रेचले २८ रनको साझेदारी गरे।
सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई १४ रनमा रन आउट गराए।
दिपेन्द्र सिंह ऐरिले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पारे। दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे।
ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।
नेदरल्यान्डस्विरुद्ध नेपालको ब्याटिङलाइन चल्न सकेन। रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङस्लाई लामो समय अघि बढाउन नसक्दा नेपाल सस्तैमा समेटियो।
नेपालको ओपनिङ जोडी लामो समय क्रिजमा टिक्न नसक्दा मध्य र तल्लो क्रमका ब्याटर दबाबमा देखिए।
नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा ५ चौका प्रहार गरे।
नेपालले चौथो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो। नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।
अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे।
कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए।
तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।
कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्के।
तल्लोक्रममा ब्याटिङमा आएका गुल्सन झा र करण केसीले छक्का प्रहार गर्दै समर्थकमा केही आशा जगाएका थिए।
१७ रन बनाएका करण केसी १९ औँ ओभरको पाचौँ बलमा बास डे लिडको बलमा किंग्माको हातबाट क्याच आउट भए। करणले १२ बलमा २ छक्का सहयोगमा १७ रन बनाएका थिए।