पर्वत । प्रभु बैक लिमिटेड र पर्बत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाईन प्रा. लि.साथै लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा अबस्थित गेट वे हिमालय रिसोर्ट प्रा. लि. बीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिनेगरि सम्झौता भएको छ ।
एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि का तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा र गेट वे हिमालय रिसोर्ट प्रा.लि का तर्फबाट सञ्चालक/प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेडका तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख अधिकृत राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकको अन्य कुनै बिधुतीय माध्यमद्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा र्याफ्टीङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।
हार्नेस जिपलाइन प्रा.लि. पछिल्लो तिन बर्षदेखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरु लाई आकर्षित गर्न सफल भएको एक गन्तव्य हो ।
त्यसैगरी सो सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले गेट वे हिमालय रिसोर्ट प्रा.लि मा आवासमा २० प्रतिशत तथा खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
गेट वे हिमालय रिसोर्ट प्रा.लि. पछिल्लो एक दशकदेखी संचालनमा आएको लमजुङ जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित छ ।
यता हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत रहेका छन् । करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै ‘फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड’बाट समेत बैंक सम्मानित भएको छ ।