एमाले प्यूठान अधिवेशन : अध्यक्ष, उपाध्यक्ष र खुला उपसचिवमा चुनाव हुँदै

प्युठान । नेकपा एमाले प्यूठान जिल्लाको अधिवेशनमा  अध्यक्ष सहित ३ पदका लागि निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार अध्यक्ष, उपाध्यक्ष र खुल्ला उपसचिव पदमा निर्वाचन हुने भएको हो ।

अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्यक्ष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिएका छन्।

त्यसैगरी उपाध्यक्ष पदका लागि पनि ३ जनाकै उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कुँवर र श्याम थापाले उम्मेदवारी दिनुभएको छ ।

२ उपसचव मध्ये खुल्लातर्फ हिरामणी भण्डारी, बालाजु श्रेष्ठ र रामचन्द्र केसीको उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटीले विहानैदेखी मतदानको तयारी थालेको जनाएको छ । विहान ८ बजेदेखी मतदान शुरु गर्ने गरि तयारी भइरहेको कमिटीले जनाएको छ ।

त्यसैगरी सचिव र समावेशी उपसचिव सर्वसम्मत भएका छन् । सचिव इन्द्रमणी पोख्रेल र समावेशी उपसचिवमा इश्वरा आचार्यको नाम सर्वसम्मत भएको छ । त्यसैगरी ९ वटै पालिकाबाट जिल्ला कमिटी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

प्युठानमा ८९ सदस्यीय जिल्ला कमिटी हुने व्यवस्था रहेको छ । जिल्ला कमिटी सदस्यमा ४ महिला सहित १२ जना दलित, ४ महिला सहित १३ जना युवा, ९ महिला सहित २७ जना भूगोल तर्फ र १२ महिला सहित २९ जना सदस्यताको आधारमा पालिकाबाट जिल्ला कमिटी सदस्य चुनिने छन् ।

प्रोटोन एजुकेसन
adb bank long